
उदयपुरकै त्रियुगा नगरपालिका–१० मा बुधबार साँझ ५ बजे स१ह ३८११ नम्बरको अटो रिक्सा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
रिक्सामा सवार त्रियुगा–७ की २० वर्षीया सीमा दुनुवारको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये एक जनालाई उपचारको लागि विराटनगर पठाइएको छ । दुई जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको उदयपुर प्रहरीले जनाएको छ ।