704 views 0 secs 0 comments

आज सुनको मूल्य कति छ ?

In देश
२४ पुष २०७६, बिहीबार १२:३७

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर  ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन ७५ हजार २०० मा कारोबार भएको हो । चाँदी भने बिहीबार तोलामा ९०० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी तोलामा ९२५ रुपैयाँमा कारोबार भएको थियो ।