
खोटाङ — जिल्लाका दुई किशोर एक महिनादेखि बेपत्ता छन् । केपिलासगढी गाउँपालिका–१ फेदीका १४ वर्षीय अजम्बर राई र साकेला गाउँपालिका–२ रतन्छाका १४ वर्षीय जनम राई असार १६ देखि हराएका हुन् ।
कपाल काट्न भन्दै घरबाट पैसा मागेर हिँडेका उनीहरू नफर्किएपछि प्रहरीमा निवेदन दिएको तर अहिलेसम्म फेला नपरेको अजम्बरका बुवा खड्ग राईले बताए । दुबै दिक्तेलस्थित दिक्तेल इङलस बोर्डिङ स्कुलका कक्षा ६ का विद्यार्थी हुन् । उनीहरूको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताए ।