649 views 0 secs 0 comments

बाटोमा भेट्टाएको एक लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता…

In समाज
१ बैशाख २०७६, आईतवार १२:०५

मानिसमा इमानदारीको खडेरी पर्दै गएकाले चोरीडकैतीका घटना बाक्लै हुने गरेका छन्। सर्लाहीको नवलपुरस्थित एक व्यवसायीले भने बाटोमा भेट्टाएको एक लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता दिएर उदाहरणीय कार्य गरेका छन्। नवलपुर चोकस्थित ज्ञानज्योति पुस्तक पसलका सञ्चालक अजय श्रेष्ठका छोरा १४ वर्षीय आर्यन श्रेष्ठले शुक्रबार दिउँसो सो रकम भेट्टाएका थिए। आर्यनले सो रकम बुबा अजयलाई लगेर दिएका थिए।
एक लाख रकम हराएर पनि फेरि पाउने व्यक्ति लालबन्दी नगरपालिका–१ नवलपुर निवासी नथुनी साह हुन्। शनिबार दिउँसो इलाका प्रहरी कार्यालय नवलपुरमा प्रहरी नायब निरीक्षक सूर्य कार्कीसहित स्थानीय भद्रभलाद्मीको रोहबरमा अजय र आर्यन बाबुछोराले नथुनीलाई नगद फिर्ता गरेका हुन्। भेटिएको रकम नथुनीकै भएको पुष्टी भएपछि इलाका प्रहरी कायालय नवलपुरमा प्रहरीको रोहबरमा रकम फिर्ता गरिएको आर्यनका बुबा अजयले बताए।
नथुनीले आफूले किनेको जग्गाको रकम तिर्न भनी आफन्तसँग तीन लाख रुपैयाँ सापटी लिएर तिर्न जानेक्रममा एक लाखको बन्डल भने बाटैमा खसालेका थिए। ‘एक–एक लाखका तीन बन्डल बोकेर जग्गाधनीको घरमा जाने क्रममा एउटा बन्डल बाटैमा खसेछ,’ नथुनीले भने, ‘जग्गाधनीलाई दुई लाख रुपैयाँ मात्र दिएर हतार–हतार बाटोमा खोज्दा भेटिएन, धन्न आर्यन बाबुले भेट्टाएछन् र उनका अभिभावक मनकारी भएकाले आज फिर्ता पाएको छु।’
अजयले भने, ‘पैसा जति भए पनि कहिल्यै पुग्दैन, त्यसैले हराएको मान्छे निश्चित भएपछि पैसा फिर्ता गरिदिएको हुँ।’ अहिलेको जमानामा भेट्टाएको नगद फिर्ता गर्दै इमानदारी देखाउनु अजयको उदाहरणीय कार्य भएको नगद फिर्ता कार्यक्रममा उपस्थित कपिल उप्रेतीले बताए।