865 views 0 secs 0 comments

दुखद खबर: तनहुँमा चट्याङ लागेर एक जनाको मृत्यु…

In समाज
१ बैशाख २०७६, आईतवार ११:४५

तनहुँमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
शुक्लागण्डकी–१० लोकदीटारकी २४ वर्षीय भूमिका खत्रीको मृत्यु भएको हो। चैते दशैँ मनाउन माइत गएकी खत्रीको शनिवार साँझ परेको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते खत्रीको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। लोकदीटार घर भई माइतीघर सोही वडाको मिनामखानी गएकी उनलाई चट्याङ लागेको थियो। उनी शुक्लागण्डकीस्थित ज्ञानबगैचा बोर्डिङ स्कुलमा अध्यापनरत थिइन्।