623 views 0 secs 0 comments

भक्तपुरमा प्रहरी टोलीले ८ हजार गाँजाको बोट नष्ट ….

In समाज
२९ श्रावण २०७६, बुधबार ०७:४९

सूर्यविनायक नगरपालिका–८, सिपाडोलको ठूलोगाउँमा रहेका करिब ८ हजार गाँजाको बोट प्रहरीले फडानी गरेको छ ।
महानगरिय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा गएको प्रहरी टोलीले लागूऔषधको रुपमा प्रयोग हुने गरेको गाँजाको आठ हजारभन्दा बढी बोट फडानी गरी नष्ट गरेको जोशीले बताए ।स्थानीय बासिन्दाको करेसा, तरकारी, मकैबारीदेखि खुला ठाउँ, चौर र पाखामा लहलह गर्दै झुलेका हजारौँ बोट गाँजा फडानी गरी नष्ट गरेको हो । गाँजाले समाजमा विकृति फैलाउने र कुलत बढ्ने भएकाले गाँजालाई नष्ट गरिएको उनले बताए ।