
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। तापनि प्रतिष्ठित कामले समाजमा स्थापित गराउन सक्छ। अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्ने समय छ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। साइनो गाँस्नेहरूसँग भने सजग रहनुहोला। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लाभांशका लागि अलि संघर्ष गर्नुपर्ला। सप्ताहान्तमा अवसरवादीहरूबाट अलि सजग रहनुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
प्रारम्भमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा केही चुनौती पनि देखिनेछन्। अरूको स्वार्थमा उपयोग भइनेछ, सजग रहनुहोला। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू पनि प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ। सप्ताहान्तमा अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्रारम्भ खर्चिलो देखिए पनि प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। धेरै मिहिनेत परे पनि चिताएको काम बन्नेछ। मंगलवारदेखि अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। अप्ठ्यारा कामको बोझ थपिनेछ भने परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। तापनि सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले पनि साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
प्रारम्भमा प्रतिस्पर्धीहरूले दु:ख दिए पनि व्यवहारमा राम्रै अवसर हात पार्न सफल भइनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। पहिलेको उपलब्धिले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। मंगल, बुध र बिहीवार केही दौडधुप गर्नुपर्ने आवश्यकता पर्ला। बुद्धिको उपयोगले चिताएको काम भने सम्पादन हुनेछ। सप्ताहान्तमा अस्वस्थता, झुटा आरोप र चुनौती आइलाग्ने देखिन्छ, शुभचिन्तकहरूको साथ जुटाउने प्रयत्न गर्नुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउने हुँदा सुरुमा भविष्यको चिन्ताले सताउन सक्छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि बुद्धिले लक्ष्यमा पुर्याउनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। मंगलवारदेखि यात्राको प्रक्रियामा समय र धन खर्च हुन सक्छ। तापनि व्यापार र उद्योगमा फाइदा हुनेछ। प्रतिस्पर्धामा उत्रनुपर्दा केही साथीभाइ टाढिए पनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। मन मिल्ने साथी भेटिनाले प्रेमको गाँठो कसिन सक्छ। मिहिनेतले चिताएको काम बन्नेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
सुरुमा केही घरेलु समस्या देखिए पनि मिहिनेतले फाइदा दिलाउनेछ। अरूको बहकाउमा परिनाले काम रोकिन सक्छ। भौतिक साधनकाे कमीले पनि केही अप्ठ्याराे पर्ला। कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो ल्याउने चेष्टा गरे पनि आँटले काम बनाउन सकिनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। अप्ठ्यारा कामको बोझ थपिए पनि मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। आफन्तहरू नजिकिनेछन्। कृषि, पशुपालनमा फाइदा हुनेछ। शुभचिन्तकहरूले पनि साथ दिनेछन्। घरेलु काम सम्पादन हुनाले मनको डर उत्साहमा रूपान्तरित हुनेछ। भित्रिएको रकम अरूलाई नसुम्पनुहोला। घरमा मान्यजनहरूको आगमन हुन सक्छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि बोलीको प्रभावले विशेष अवसर दिलाउनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सम्पादन हुनेछ। बीचमा खर्च लागे पनि भौतिक साधन जुटाउन सकिनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। हिम्मत गर्दा भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। आफन्तहरूको सहयोग प्राप्त हुनाले धेरै काम बन्नेछन्। साइनो गाँस्नेहरूबाट सजग रहनुहोला
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
प्रारम्भमा इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। आँटले काम लिँदा लक्ष्यमा पुगिनेछ। व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। मिहिनेत गर्दा चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। आम्दानीका स्रोत बढ्नुका साथै आर्थिक अभाव सुल्झनेछ। सप्ताहान्तमा परिस्थिति केही असहज बन्ने हुँदा बोली-व्यवहारमा सजग रहनुहोला। अरूको बहकाउ र भौतिक साधनकाे कमीले समस्या परे पनि गोपनीयतामा ध्यान दिनुहोला, लगनशीलताले अवसर दिलाउनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रारम्भमा व्ययभार बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। मंगलवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। सप्ताहान्तमा आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउन सक्छन्। आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। ठूलो भागको आशाले हानि पुर्याउन सक्छ, सजग रहनुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रारम्भमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन्। मंगलवारदेखि सरसापटमा धन बाहिरिन सक्छ। सोख पूरा गर्नलाई पनि खर्च बढ्नेछ। तापनि लगानी पछिका लागि फाइदाजनक हुनेछ। आफन्तबाट टाढिनुपरे पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। प्रयत्न गर्दा लामो यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ। सप्ताहान्तमा आफन्त र साथीभाइसँग भेटघाट समेत हुनेछ। स्वास्थ्यमा भने मौसमी गडबडीले सताउन सक्छ। अवसरवादीहरूबाट विशेष सावधान रहनुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
सुरुमा अवसर प्राप्त भए पनि परिबन्धले समस्या निम्त्याउन सक्छ। अधिकार र गोपनीयताका लागि सजग बन्नुपर्नेछ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। आँटले काममा सफलता दिलाउनेछ। मंगल, बुध र बिहीवार आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुआत गर्ने अवसर जुट्नेछ। विद्यार्थीका लागि नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। सप्ताहान्तमा धन बाहिरिनाले अभाव अनुभूति हुनेछ। तापनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ