
१० मंसिर, काठमाडौं ।
सार्वजनिक सवारी क्षेत्रमा ठूलै परिवर्तन ल्याएजसरी सरकारले सूर्यविनायक–रत्नपार्क रुटमा द्रुत बस सेवा थाल्नलाई संविधान दिवसको विशेष दिन छानेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई नै सवार गराएर जतिसुकै ठूलो तामझाम गरिए पनि त्यो जोशले एक महिना काट्न पाएन ।
पर्याप्त पूर्वतयारी नगरी तामझाम देखाइहाल्ने हतारो नै त्यसको कारण थियो । तोकिएको समयमा सवारी साधन छुटाएर, अनि आकलन गरिएको समयभन्दा ढिलोगरी गन्तव्यमा पुर्याएर फितलो देखिन पुगेको यो सरकारी प्रयास फेरि आइतबारबाट नयाँ ढंगमा सुरु भएको छ ।
द्ू्रत बस सुरु गर्दा विहान ९ बजेदेखि ११ बजेसम्म भनिएकोमा अब ८ : ३० बजे देखि ११ : ३० बजेसम्म चल्ने छ । यस्तै बेलुका ३ बजेदेखि ५ बजेसम्म भनिएकोमा साढे ३ देखि साढे ५ बजेसम्म सञ्चालन हुने यातायात व्यवस्था विभागले जनाएको छ ।