
आगलागी हुँदा काठमाडौं महानगरपालिका-१३ टंकेश्वरमा एक वृद्धाको मृत्यु भएको छ । चुरोट सल्काउने क्रममा पर्दामा आगो सल्किँदा सिन्धुपाल्चोक सानोसिरुवारी नगरपालिका घर भएकी ७८ वर्षीया धनमाया श्रेष्ठको आगलागीमा परी मंगलबार राति मृत्यु भएको हो ।
आगलागीमा जलेर गम्भीर घाइते भएकी उनको शहीद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।