
व्यास नगरपालिका–१ स्थित भादगाउँमा सञ्चालित लर्निङ होमबाट एक साताअघि भागेका १२ मध्ये एक जना मृत अवस्थामा भेटिएका छन् । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–१ डुम्रेका नवीन गुरुङ रहेका छन् ।
५ कात्तिकको साँझ कामदारलाई हातपात गरी लर्निङ होमबाट १२ जना भागेका थिए । तीमध्ये ११ जना परिवारको सम्पर्कमा आएको भए पनि एक जना हराइरहेका थिए । उनीहरू भागेपछि होम सञ्चालकले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए ।
उनका अनुसार त्यहाँबाट भागेकामध्ये ११ जना परिवारको सम्पर्कमा रहे पनि एक जना हराइरहेकाले खोजी गरिएको थियो । खोजी गर्ने क्रममा ११ गते देवघाट गाउँपालिका–३ स्थित सेती नदी किनारामा तैरिएको अवस्थामा गुरुङलाई मृत अवस्थामा भेटिएको उनले बताए ।