579 views 0 secs 0 comments

चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु…

In समाज
८ मंसिर २०७६, आईतवार ११:३९

चितवनको भरतपुर महानगरपालिका-२९ दासढुंगामा आइतबार बिहान ट्रककोे ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार मुग्लिनबाट हेटौंडातर्फ जाँदै गरेको ना ६ ख १८९६ नम्बरको ट्रकले ती पुरुषलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान करिब ६:२५ बजे मृत्यु भएको हो । दुर्घटना बिहान करिब ५:५४ बजे भएको थियो ।
पुरुषलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।