नेपालबाट स्पेन फर्किएका एक व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु…

In स्वास्थ्य/जीवनशैली
२१ फाल्गुन २०७६, बुधबार ०८:१२

नेपाल भ्रमण गरेर फर्किएका एक व्यक्तिको स्पेनको एक अस्पतालमा फेब्रुअरी १३ तारिखमा मृत्यु भएको छ । भ्यालेन्सियाका स्वास्थ्यकर्मीले ती व्यक्तिको कोरोना भाइरसका कारण नै मृत्यु भएको पुष्टि गरेका छन् ।
डेली मेलको खबर अनुसार ती व्यक्ति नेपाल भ्रमण गरेर फर्किएपछि बिरामी भएको र त्यसपछि अस्पताल भर्ना गरिएको थियो । उनको मृत्यु के कारणले भएको भन्ने खुलाइएको थिएन । त्यतिबेला उनको अवस्थालाई ‘एक प्रकारको निमोनिया’ बाट ग्रसित भनेर उल्लेख गरिएको थियो । यो नै कोरोना संक्रमणबाट स्पेनमा भएको पहिलो मृत्यु जनाइएको छ ।
उनको मृत्युबारे पुष्टि गर्दै स्थानीय स्वास्थ्य अधिकारीले भने, ‘ आर्नउ डे भिलानोभा अस्पतालमा उपचाररत एक पुरुषको फेब्रुअरी १३ मा मृत्यु भएको छ। भ्यालेन्सिया समुदायमा दुई नयाँ संक्रमित भेटिएका छन् । यससँगै यहाँ संक्रमितको संख्या १९ पुगेको छ ।’