
अवैध रुपमा लुकाइछिपाई ल्याउँदै गरेको अमेरिकी डलर ११ हजार ९ सय ९४ सहित पाकिस्तानी नागरिक वर्षीय अघा जेसान हैदर पक्राउ परेका छन् ।
मालिन्डो एयरको उडानद्वारा मलेशियाको क्वालालम्पुरबाट काठमाडौं आएका उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । विमानस्थलको उडानतर्फको आगमन भन्सारमा जाँच गर्ने क्रममा झोलामा लुकाइछिपाई ल्याएको उक्त अमेरिकी डलर परेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।