
युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा भारतमा एक जना पूर्वमन्त्री तथा सत्तारुढ दलका नेतालाई गिरफ्तार गरिएको छ ।
भारतीय जनता पार्टीका नेता स्वामी चिनमायानन्दलाई उत्तर प्रदेशकी एक विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको हो ।
‘चिनमायानन्दलाई उनकै घरबाट पक्राउ गरिएको छ, उनको स्वास्थ्य अवस्था गम्भीर छ,’ चिनमायानन्दका वकिल पूजा सिंहले भनिन् ।
‘उहाँलाई अहिले चिकित्सकको निगरानीमा राखिएको थियो । म उहाँको वकिल भएपनि मलाई उहाँसँग भेट्न दिइएको छैन ।’
पक्राउ गरेपछि चिनमायानन्दलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो ।
‘उहाँलाई नियमितरूपमा स्वास्थ्य परीक्षणका लागि ल्याउने गरिएको छ,’ एक चिकित्सकले भने ।