
नवलपरासीको रामग्राम नगरपालिका ३ घोडपालीका रवीन्द्र पाण्डेको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय नवलपरासीले नेपाली सेनाका हुद्धालाई पक्राउ गरेको छ ।
पाण्डेको हत्या अभियोगमा उनकी श्रीमती सरस्वती पोखरेल पाण्डेसहित नेपाली सेनाको कालीध्वज गण परासीमा कार्यरत बम बहादुर घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
प्रहरीले सरस्वतीलाई तीन दिनअघि नै पक्राउ गरे पनि घर्तीलाई भने शुक्रवार पक्राउ गरेको हो।
प्रहरीले पक्राउ गरेपछि मृतककी श्रीमती सरस्वतीले घर्तीसँग मिलेर हत्या गरेको बयान दिएपछि घर्तीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए ।
पाण्डेको हत्यापछि ब्यारेकभित्रै रहेका घर्तीलाई अदालतबाट पक्राउ पुर्जी