424 views 0 secs 0 comments

५ किलो गाँजासहित दुईजना पक्राउ…

In समाज
७ मंसिर २०७६, शनिबार १७:१३

मकवानपुर प्रहरीले ५ किलो ५ सय ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको बा ५७ प २३४३ नम्बरको मोटरसाइकल जाँचको क्रममा प्रहरीले लागुऔषध गाँजासहित निजगढ नगरपालिका १२ का २७ वर्षीय राजकुमार तितुङ्ग र ३२ वर्षीय बिरबहादुर तितुङ्गलाई पक्राउ गरेको हो ।
बिरबहादुरले बोकेको झोलामा प्लाष्टिकको डोरीले बाँधेको चारपाटे आकारमा रहेको साढे ५ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।