730 views 0 secs 0 comments

साढे २० हजार हेक्टर धानबालीमा क्षति…

In देश, शिक्षा, समाज, स्वास्थ्य/जीवनशैली
२ कार्तिक २०७६, शनिबार १३:२०

फौजी किराको प्रकोपले मुलुकभर साढे २० हजार हेक्टर धानबालीमा क्षति पुगेको सरकारी अध्ययनले देखाएको छ । प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रको तथ्यांकअनुसार कात्तिक १ गतेसम्म २० हजार ४ सय १४ हेक्टर धानबालीमा फौजी किराले क्षति पुर्याएको हो । सबैभन्दा बढी बर्दियामा २ हजार हेक्टरमा क्षति भएको जनाएको छ भने बाँकेमा १७ हजार हेक्टर धानबाली नष्ट भएको छ । फौजी किरा आक्रामक रूपमा फैलिँदै गएको छ । कृषिका लागि यो महारोग हो, राष्ट्रिय किसान समूह महासंघका निवर्तमान अध्यक्ष उद्धव अधिकारीले भने, ‘रोगले किसान चिन्तत छन् । उनका अनुसार धानबालीसँगै धादिङका केही क्षेत्रमा कोदोमा समेत फौजी किरा देखिएको छ । सरकारले तत्कालीन नियन्त्रण नगरे समग्र कृृषि क्षेत्र समस्यामा पर्ने उनले बताए । प्रदेश १ मा ४ जिल्लामा फौजीको असर देखिएको छ । झापामा २ सय ८७ हेक्टर, उदयपुरमा १ सय ४१ हेक्टर, सुनसरी ७७ हेक्टर र मोरङ १२ हेक्टरमा क्षति भएको छ । प्रदेश ३ तर्फ सबैभन्दा बढी चितवनमा क्षति पुगेको छ ,चितवनमा ६ सय ४४ हेक्टर, मकवानपुरमा १ सय ३ हेक्टर, सिन्धुलीमा १ सय ५० हेक्टरमा क्षति पुगेको छ ।

थप जानकारी लिदै…