802 views 0 secs 0 comments

शिक्षण अस्पतालमा तेस्रोपटक कलेजोको प्रत्यारोपण गर्न सफल…

In देश, सूचना-प्रबिधि, स्वास्थ्य/जीवनशैली
२ कार्तिक २०७६, शनिबार १३:४८

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जमा तेस्रो पटक कलेजोको सफल प्रत्यारोपण भएको छ । शुक्रबार बेलुकी रुपन्देही घर भएका ५० वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको हो । २७ वर्षीय छोराले उनलाई कलेजो दान दिएका थिए । नेपालमा कलेजो प्रत्यारोपण सेवाको अनुमति चार वटा अस्पतालले पाएका छन् । भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्र, त्रिवि शिक्षण अस्पताल, चितवनको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजले अनुमति पाएका हुन् । मानव अंग प्रत्यारोपण केन्द्रले नेपालमै पहिलो पटक २०७३ मंसिर २२ गते कलेजो प्रत्यारोपण गरेको थियो ।