
पर्साको जिराभवानीमा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिराभवानी गाउँपालिका-४ भवानीपुरका ४५ वर्षीय बद्री राम रहेका छन् । बाख्रा चराउन गएका राम
बाख्रा चराउने क्रममा वर्षासँगै आएको चट्याङमा परी उनी बुधबार साँझ घाइते भएका थिए । घाइते रामलाई उपचारको लागी नारायणी अस्पताल वीरगञ्ज लैजाने क्रममा बाटोमा नै मृत्यु प्रहरीले जनाएको छ ।