666 views 0 secs 0 comments

दाङमा सर्पको टोकाई बाट ७ बर्षीय बालिकाको मृत्यु …

In समाज
१९ भाद्र २०७६, बिहीबार १२:१०

दाङमा सर्पदंश वाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १ सिमलतरा निवासी ७ बर्षीय गोमा वलीको सर्पदंश बाट मृत्यु भएको छ ।

वलीलाई बुधवार बेलुका ९ बजेतिर आफ्नै घरमा गराँच सर्पले टोकेको थियो । बालिकाको उपचारको लागि मध्यराति पौने १ बजे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको थियो ।