एजेन्सी, मंसिर १९
नेपाली मूलका भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले बिहे गरेका छन् । उनले लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी सोनम भट्टाचार्यसँग घरजम बसालेका हुन् । उनीहरूको बिहे हिन्दू संस्सारअनुसार भएको हो ।
सोमबार कोलकत्तामा भएको वैवाहिक कार्यक्रममा क्षेत्रीले बेहुला हुँदा नेपाली ढाका टोपीमा सजिएका थिए । उनी ढाका टोपीमै सजिएर घोडा चढी दुलही लिन पुगेका थिए ।
बिहेको अघिल्लो दिन सुनीलले हिन्दू संस्कारअनुसार जनै लगाएको तस्बिर उनी स्वयंले सार्वजनिक गरेका थिए । सोनमसँग सुनीलले एक साताअघि मात्रै औंठी सासाट भएको थियो ।
नेपालीभाषी ३३ वर्षीय सुनील क्षेत्रीको मावली नेपालको झापा हो ।