
३६ वर्षीया एक जना महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको नागार्जुनबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-३ बस्ने ३१ वर्षीय सोमराज नगरकोटी रहेका छन् ।
नगरकोटीले ती महिलालाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा बिहीबार राति महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।