
रौतहटको चन्द्रपुर नगरपालिका–१ मा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शुक्रबार बिहान ना२ख २३२२ नम्बरको टिपरले बा५५प ९९८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार टिपरको ठक्करबाट घटनास्थलमै मोटरसाइकल चालकको मृत्यु भएको हो । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।