557 views 0 secs 0 comments

यमुना अर्यालले अर्पण शर्माको १२ दिनको कक्षाबाट सीकेका १२ वटा कुरा …

In समाज
२६ पुष २०७६, शनिबार १२:५५

अपर्ण शर्माको १२ दिनको कक्षाबाट १२ वटा कुरा स्पष्टसँग सिकियो । आफुले सिकेका कुरा जनहितमा जारी ……………….
१. सबै कुरा अर्काले सिकाएको मात्रै गर्ने हो भने स्वविवेकको के अर्थ रहला र ?
२. कोही तपाइको इश्र्या गर्छन, कुभलो चाहन्छन, डाह, रिस गर्छन भने उनिहरुसँग शब्दमा पौँठेजोरी खेल्ने होइन राम्रो काम गरेर देखाउनुस , ति आहारिसेहरु तपाइको प्रगतीमा आफै जल्न थाल्छन ।
३. जहिले पनि कुकुरले पुच्छर हल्याउँछ , पुच्छरले कुकुर हल्याउँदैन, त्यसैले औकात अनुसार व्यवहार गर्नुपर्छ । कुकुरले आफुलाइ टोक्यो भन्दैमा कुकुरलाइ टोक्ने परिकल्पना गर्नु हुँदैन ।
४. आफ्नो रिस नियन्त्रण गर्न नसक्नेले घरपरिवार नियन्त्रण गर्न सक्दैन त्यसैले सबैभन्दा पहिले आफ्नो रिसलाइ आफैभित्र हराउन दिनुस , रिस उठाउने तत्वलाइ निष्क्रिय पार्नुस ।
५. दिमागलाइ पढाइमा कसरी केन्द्रित गराउने ? विभिन्न योगाभ्यास र मेडिटेसनका आशनहरु अपनाउनुस ।
६. पढाइलाइ रमाइलोसँग अगांल्नुस, बोझको रुपमा होइन ।
७. लामालामा हरफहरु पनि टेक्निक लगाएर पढ्न सकियो भने सजिलै सम्झर्न सकिने रहेछ त्यो पनि छोटो समयमा ।
८. कुनै पनि विषयको शुत्र बनाउँदा कि आहा …. कि हाहा र कि छिछी झल्कने गरी बनाउनुपर्ने रहेछ ताकी सम्झन सजिलो होस ।
९. अरुले के भन्छन ? अरुले कति प्रगती गरे ? वा परिवार आफन्तको लागि आफ्नो रुची अनुसारको विषयको साटो बाध्यताले पढ्ने काम नगरौँ । पढाइ अरुलाइ देखाउनको लागी होइन आफु सन्तुष्ट हुनको लागि पढ्ने गरौँ

१०. अभिभावकले बच्चालाइ गाली , कुटपिट गरेर सुधार्नुको साटो बच्चाको मनोभावना बुझेर सम्झाएर सकारात्मक पाटोबाट सुधार्ने प्रयत्न गरौँ ।
११. मनलाइ शान्त पार्न सबैभन्दा खुसी आफैले आफैलाइ देख्नुपर्छ , आफु खुसी भएपछि संसारै खुसी हुन्छ ।
१२. स्मरण शक्ति बढाउने खानपानमा विशेष ध्यान दिनुपर्छ ।