660 views 0 secs 0 comments

जाजरकोटमा प्रहरी हवल्दारले कन्चटमा गोली हानेर आत्महत्या…

In समाज
२७ पुष २०७६, आईतवार ११:१६

जाजरकोटमा एक प्रहरी हवल्दारले कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय डल्लीमा कार्यरत भोजबहादुर कठायतले आइतबार बिहान ७ बजेतिर आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।कठायत हालैमात्र डोल्पाबाट काजमा जाजरकोट आएका थिए । उनी घुमुवा प्रहरीको रुपमा कार्यरत थिए ।उनले आत्महत्या गर्नुको कारण खुलेको छैन । घटनाको अनुसन्धानका लागि जिल्ला सदरमुकामबाट प्रहरीको टोली पठाइएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए ।