18 views 0 secs 0 comments

कहिले होलान् विपिन जोशी मुक्त ?

In देश, समाज
१२ मंसिर २०८०, मंगलवार ०८:३८

११ मंसिर काठमाडौं।

इजराइल-हमासको अस्थायी युद्धविरामसँगै दुवैतर्फबाट बन्धक बनाएकाहरुलाई छोड्नेक्रम जारी छ । हमासले सोमवारसम्म इजराइलबाट बन्धक बनाइएका ५८ जनालाई मुक्त गरिसकेको छ । तर यतिन्जेलसम्म पनि नेपाली युवा विपिन जोशी मुक्त भइसकेका छैनन् ।

बीबीसीका अनुसार हमासले ४० जना महिला र बालबालिका मुक्त गरेको छ । इजिप्ट र हमाससँग भएको छुट्टै सहमतिअनुसार हमासले १७ थाई र एक फिलिपिनो नागरिक पनि बन्धकमुक्त गरेको छ ।

युद्धविराम भए पहिलो दिन शुक्रवार हमासले १३ इजरेली, १० थाई र एक फिलिपिनोसहित २४ र दोस्रो दिन हमासले थप १७ जनालाई मुक्त गरेको थियो । हमासले आइतवारमात्रै १७ जना रिहाई गरेको थियो । इजरेलले पनि प्यालेस्टिनी बन्धकहरुलाई रिहा गरेको छ ।

इजरेल र हमासले चार दिनका लागि युद्ध विराम गर्ने सहमती अनुसार भएको थियो । सहमतिमा दुवैतर्फबाट बन्धक बनाइएकाहरुको मुक्त गर्ने सहमति गरेका थिए ।

हमासले बन्धक बनाइएका भनिएका नेपाली नागरिक विपिन जोशी भने हालसम्म अज्ञात छन् । हमासले बन्धक बनाएकाहरुको आइतबारसम्म गरी तेस्रो पटकमा रिहाई गर्दा पनि विपिनको अवस्थाबारे भने हालसम्म कुनै पनि कुरा बाहिर आउन सकेको छैन ।