
गौर चन्द्रपुर सडकखण्डको शुकदेव चोक नजिकै ना५त ९२६७ नम्बरको ट्याक्टरले ना४८प ५७६ नम्बरको मोटरसाइकललाई बिहिवार साँझ ठक्कर दिँदा मोटरसाइकल पछाडी बसेका माधव नारायण नपा–६ माधोपुरका ४५ वर्षीय रामअधार ठाकुरको मृत्यु भएको हो ।
ठक्करबाट गम्भिर घाइते मोटरसाइकल चालक सोही ठाँउका २२ वर्षीय सुशील ठाकुरको वीरगञ्जस्थित तराई अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।