
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डु रातोपाटी नजिक सूर्यविनायकबाट गुण्डुतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०३३ प ७१७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका गुण्डुका रवीन्द्र थापाको उपचारका क्रममा मध्यपुर अस्पतालमा ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । मोटरसाइकल चालक गुण्डुकै सुरेन्द्र बस्नेतको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।