293 views 0 secs 0 comments

इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा एक करोड बराबरको क्षति…

In समाज
२५ मंसिर २०७८, शनिबार १५:३९

सर्लाहीको हरिवनस्थित एक इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ ।
हरिवन नगरपालिका-११ मा बिक्रम नेपालले संचालन गरेको नेपाल इलेक्ट्रोनिक्स शनिबार शुक्रबार राति साढे एक बजेतिर विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीले पसलमा बिक्रीका लागि राखिएको टेलिभिजन, फ्रिसहितका सामान र पसल बाहिर पार्किङ गरी राखिएको ज. २ प. ९५७६ नम्बरको मोटरसाइकल समेत पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
उनका अनुसार आगलागीबाट एक करोड बराबरको क्षति भएको छ । नेपाल प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा राति साढे २ बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।