242 views 0 secs 0 comments

१९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिप आजदेखि सुरु…

In विश्व
२५ मंसिर २०७८, शनिबार १३:२१

दोस्रो संस्करणको साफ १९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिप आजदेखि बङ्गलादेशमा सुरु हुँदैछ ।
आज नै नेपालले आफ्नो पहिलो खेल बङ्गलादेशविरुद्ध खेल्दैछ । खेल बेलुका सात बजे सुरु हुनेछ ।
यसअघि सन् २०१८ मा भुटानमा भएको पहिलो संस्करण १८ वर्षमुनिको टिमबीच भएको थियो ।
त्यतिबेला फाइनलमा नेपाललाई १–० ले पराजित गर्दै बङ्गलादेशले पहिलो संस्करणको उपाधि जितेको थियो ।