टी–२० क्रिकेट खेलमा घरेलु टोली भारतलाई बंगलादेशले पराजित…

In खेलकुद
१८ कार्तिक २०७६, सोमबार ०९:२६

पहिलो टी–२० क्रिकेट खेलमा घरेलु टोली भारतलाई बंगलादेशले पराजित गरेको छ ।
दिल्लीमा आइतबार राति भएको खेलमा भारतलाई बंगलादेशले सात विकेटले पराजित गरेको हो । उसकै भूमिमा भारतलाई बंगलादेशले टी–२० क्रिकेटमा पराजित गरेको यो पहिलोपटक हो ।
१४९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । बंगलादेशका लागि मुश्फिक्युर रहिमले उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाए । उनले ४३ बलको सामना गर्दै आठ चौका र एक छक्काको मद्दतमा अविजित ६० रन बनाए । त्यस्तै, सौम्या सरकारले ३९, मोहम्मद नइमले २६ र कप्तान मोहमुदुल्लाले अविजित १५ रन बनाए ।