
युरो कप छनोट फुटबलमा पोर्चुगलले लिथुनियालाई फराकिलो अन्तरले पराजित गरेको छ ।
बिहीबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले लिथुनियालाई ६-० गोलअन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गोल गरे ।
रोनाल्डोले खेलको सातौं मिनेटमा पेनाल्टीमा र २२औं मिनेटमा गोल गर्दै पोर्चुगललाई पहिलो हाफसम्म २-० गोलको अग्रता दिलाएका थिए । खेलको ५२औं मिनेटमा एफन्सो फर्नान्डेजले, ५६औं मिनेटमा मेन्डेस पसिन्सिया र ६३औं मिनेटमा बेर्नान्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई ५-० गोलको अग्रता दिलाए ।
खेलको ६५औं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै ह्याट्रिक पूरा गरे । योसँगै पोर्चुगल ६-० गोलले विजयी भयो ।