
सल्यानमा बिहीबार जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-४ फालावाङकी ६० वर्षीया कृष्णा देवी परियार र ५९ वर्षीया यज्ञी थापा रहेका छन् । दुबै जनाको अञ्चल अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । त्रिवेणी गाउँपालिका-४ को बडागाउँमा रा.१ ज.४३२ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सातै जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।