486 views 0 secs 0 comments

करेन्ट लागेर तनहुँमा बिहीबार दुई जनाको मृत्यु …

In समाज
२८ कार्तिक २०७६, बिहीबार १७:५०

करेन्ट लागेर तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा बिहीबार दुई जनाको मृत्यु भएको छ ।
निर्माणाधीन जामुने स्वास्थ्यचौकीको भवनमा काम गर्दै गरेको अवस्थामा करेन्ट लागेर दुई भारतीय नागरिकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा २२ वर्षीय आजाद आलम र २५ वर्षीय सागर आलम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।
स्वास्थ्यचौकी भवनमा मार्बलको काम गर्ने क्रममा विद्युत् शर्ट भएर उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।