883 views 0 secs 0 comments

ट्याक्टरले ठक्कर दिदा बारामा मोटरसाइकल चालकको मृत्यु…

In समाज
२८ कार्तिक २०७६, बिहीबार १६:१३

ट्याक्टरले ठक्कर दिदा बारामा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनमा कलैया उपमहानगरपालिका-३ भवानिपुरका विनोद साहको मृत्यु भएको हो ।
वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको ना७त २६६ नम्बरको ट्याक्टरले मोतिसर कोइरियाटोला चोकमा साह चढेको ना३प ५१३६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
ट्याक्टरको ठक्करबाट साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए ।