एसिया कपमा नेेपाल भारतसँग ७ विकेटले पराजित…

In खेलकुद
२८ कार्तिक २०७६, बिहीबार १५:५२

इमर्जिङ टिम्स एसिया कपमा नेेपाल भारतसँग ७ विकेटले पराजित भएको छ ।
ढाकामा नेपालले दिएको १९४ रनको लक्ष्य भारतले ४२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.५ ओभरमा सबै विकेट गुमाएर १९३ रन बनायो । नेपालका लागि शर्राफले सवार्धिक ५६ रनको पारी खेले ।
नेपालको सुरुवात भने खराब रहृयो । कप्तान ज्ञानेन्द्र मल्ल दास्रो बलमा खाता नै नखोली आउट भए । तर शरद भेषावकर र कुशल भुर्तेलले नेपालको पारी सम्हाल्ने प्रयास गरे । दुबैले दोस्रो विवकेका लागि ५४ रनको साझेदारी गरे ।