साउथ ह्याम्पटनमाथि फराकिलो जित निकाल्दै,काठमाडौं

In खेलकुद
१९ कार्तिक २०७५, सोमबार १२:२९

काठमाडौं– साउथ ह्याम्पटनमाथि फराकिलो जित निकाल्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा सिटीले साउथ ह्याम्पटनलाई ६–१ ले पराजित गरेको हो।

सिटीको जितमा रहिम स्ट्रर्लिङ्गले दुई तथा सर्जियो अग्युरो, डेविड सिल्भा र लिरोय सानेले गोल गरे। साउथ ह्याम्पटनका वेस्ली होड्टले आत्मघाती गोल गरे। आत्मघातीसहित ६ गोल खाएको साउथ ह्याम्पटनका लागि ड्यानी इनग्स १ गोल फर्काए।

साउथ ह्याम्पटनमाथिको फराकिलो जितसँगै सिटी लिभरपुललाई पछि पार्दै पुनः शीर्ष स्थानमा उक्लिएकाे छ। सिटीले ११ खेलबाट २९ अंक जोडेको छ।

इंग्लिस_प्रिमियर_लिग

म्यानचेस्टर_सिटी