लण्डन क्लब चेल्सी प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडसँग पराजित…

In खेलकुद
६ फाल्गुन २०७६, मंगलवार १०:३५

लण्डन क्लब चेल्सी प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडसँग पराजित भएको छ ।
सोमबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा युनाइटेडले घरेलु टोली चेल्सीलाई २–० ले हराएको हो ।
युनाइटेडको जितमा एन्थोनी मार्टियल र ह्यारी म्यागुएरेले १/१ गोल गरे । मार्टियलले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा ब्रुनो फर्नान्डेसको कर्नरमा म्यागुएर्ले हेडमार्फत गोल गर्दै युनाईटेडको अग्रतालाई दोब्बर बनाएका थिए । खेलमा चेल्सीले पनि दुई गोल गरेको थियो तर रेफ्रिले मान्यता नदिँदा पराजित भयो ।