678 views 0 secs 0 comments

न्यायाधीश सुवेदीको गाडीमा आगलागी…

In समाज
६ फाल्गुन २०७६, मंगलवार १०:२६

उच्च अदालत दिपायल महेन्द्रनगर इजलासकी न्यायाधीश शारङ्गा सुवेदीको बा १ झ ८८६३ नम्बरको गाडीमा आगलागी भएको छ ।
भीमदत्त नगरपालिका–४ स्थित बिपिन पेट्रोल पम्पमा तेल हाल्ने क्रममा न्यायाधीश सुवेदीको गाडीमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए ।आगलागीबाट गाडीको भित्री भाग(सिटहरु) पुरै जलेर क्षति पुगेको उनले बताए । तार सर्ट भएर गाडीमा आगलागी भएको हुन सक्ने प्रहरी निरीक्षक कार्कीले बताए ।