आर्मीलाई हराउँदै मनाङ झापा गोल्डकपका फाईनलमा,उपाधि भिडन्त झापा ११ सँग

In खेलकुद
२२ माघ २०७३, शनिबार ०९:१०

काठमाडौं,माघ २२ – मनाङ मर्स्याङ्दी झापा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ। साविकको विजेता त्रिभुवन आर्मीको चुनौती १-० ले हराउँदै मनाङ फाईनलमा पुगेको हो । मनाङको लागि विमल रानाको निर्णायक गोल गरे । मनाङले पहिलो हाफको ४२ औं मिनेटमा नाटकीय गोल गर्‍यो।

ओलावालेको व्याक क्रसलाई विमल रानाले जाली चुमाए। झापाली दर्शकको राम्रो साथ पाएको आर्मीले पटक पटकको गोल गर्ने मौका गुमाएको थियो। मनाङले अब उपाधिका लागि घरेल टोली झापा ११ सँग सोमबार उपाधिका प्रतिश्पर्धा गर्नेछ।