राष्ट्रिय क्रिकेटर सोनु तामाङले लिए सन्न्यास

In खेलकुद
६ मंसिर २०८०, बुधबार १५:१९

६ मंसिर, काठमाडौँ।

राष्ट्रिय क्रिकेटर सोनु तामाङले क्रिकेट खेल जीवनबाट संन्यास लिएका छन्।

घरेलु क्रिकेट तथा विभिन्न फ्रेञ्चाइज लिगमा हिटरको परिचय बनाएका तामाङले क्रिकेट खेल जीवनबाट बुधबारदेखि संन्यास लिने निर्णय गरेको सामाजिक सञ्जालमार्फत् जनाएका छन्।

उनले आफ्नो जीवनमा क्रिकेटले ठूलो अर्थ राखेको तथा आफूले खेलेका विभिन्न राष्ट्रिय प्रतियोगिता स्मरण गरेका हुन्।

सन् २०१५ मा राष्ट्रिय टिमको क्याम्पमा परेको क्षण आफ्नो लागि ठूलो क्षण भएको पनि बताएका छन्।