13 views 0 secs 0 comments

काठमाडौँ र झापाका दुई दृश्य : दुर्गा प्रसाईंको गुनासो, राप्रपाको उत्साह !

In देश, समाज
१० मंसिर २०८०, आईतवार ०७:५४

१० मंसिर, काठमाडौँ।

गत बिहीबारदेखि मेडिकल व्यवसायीसमेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान, नेपालका संयोजक दुर्गा प्रसाईंले काठमाडौँमा आन्दोलन गर्दै आएका छन् । उनको आन्दोलनलाई केही राजावादीहरूको साथ रहेको भनिए पनि राजावादी पार्टी राप्रपाले भने संस्थागत रूपमा साथ दिएको छैन । यस्तै स्वयम् पूर्वराजा ज्ञानेन्द्र शाह पनि प्रसाईंको आन्दोलनप्रति मौन छन् ।

आन्दोलनको पहिलो दिन बिहीबार करिब ९ हजार समर्थकलाई काठमाडौँमा उतारेर आन्दोलन थालेका प्रसाईंले बैंक तथा वित्तीय संस्थाबाट पीडित भएकाहरुको ऋण मिनाहाका साथै राजतन्त्र पुनर्स्थापनाको एजेण्डा पनि अघि सारेका थिए । जसअनुसार बिहीबार बल्खुमा भएको आन्दोलनमा राजतन्त्रको पक्षमा नारा मात्र घन्किएन शुक्रबारसम्म आइपुग्दा तीनकुनेमा आन्दोलनका लागि तयारी गरेका कैयन राजावादी संगठनका कार्यकर्ता गिरफ्तारीमा परे ।

तर, आन्दोलनको तेस्रो दिनसम्म आइपुग्दा प्रसाईंको मागअनुसार पूर्वराजाले न आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् न त पत्र पठाएर कुनै समर्थन नै  । बरु शाह काठमाडौँमा प्रसाईंले आन्दोलन गरिरहेकै बेला झापा पुगेर अर्को कार्यक्रममा सहभागी भएका छन् ।