21 views 0 secs 0 comments

२६ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन नआए कारबाही गरिने

In देश, समाज
१० मंसिर २०८०, आईतवार ०७:४०

१० मंसिर, काठमाडौँ।

सम्पर्कमा नरहेका २६ जना प्रहरीलाई सात दिनभित्र कार्यालयमा सम्पर्क गर्न  नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले अनुरोध गरेको छ । कार्यालय आज सूचना जारी गर्दै हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन अल्टिमेटम दिएको हो ।

प्रहरी नियमावली २०७१ को नियम ११५ को  (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको सूचनामा उल्लेख छ ।