1402 views 0 secs 0 comments

तारा एयर को हवाइजहाज दुर्घट्ना

In देश, विश्व, सूचना-प्रबिधि
२६ जेष्ठ २०७५, शनिबार १६:५९

तारा एयरको विमान जुम्ला विमानस्थलमा दुर्घटना भएको छ। नेपालगन्जबाट जुम्लाका लागि उडेको ९ एन एभिई कलसाइनको विमान जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पन्चर भएर धावनमार्गबाट चिप्लिएको थियो। विमानको अगाडिको भाग भुइँमा बजारिँदै तारजालीमा गएर ठोक्किएको थियो।दुर्घटनामा विमानको अगाडिको भागमा क्षति पुगे पनि चालक दलका सदस्यसहित १६ यात्रु सकुशल रहेको जुम्ला विमानस्थलले जनाएको छ।