तिलक श्रेष्ठको “सुनसान बगरमा” सार्बजनिक (भिडियो सहित)

In मनोरञ्जन
१३ भाद्र २०७५, बुधबार १५:५५

गायक तिलक श्रेष्ठको नयाँ गीत “सुनसान बगरमा” को म्युजिक भिडियो पनि सार्बजनिक भएको छ ।

गीत अनुसारको निकै नै पीडादायी तरिकाले म्यूजिक भिडियो पनि निर्माण भएर सार्बजनिक भएको छ ।

हरि लम्सालको संगीत अनि एरेन्ज र पासाङ्ग शेर्पाको शब्द रचना रहेको यो गीत स्याड भर्सनमा रहेको छ । गीतको म्युजिक भिडियोमा जीवन भट्टराई अनि सम्पाद बानियाँको उत्कृष्ट अभिनय रहेको छ ।

भिडियोमा उत्सब दाहालले छायांकन, निशान घिमिरे सम्पादन अनि प्रकाश धितालको निर्देशन रहेको छ भने अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टको बजार ब्यबस्थापन रहेको छ ।