
आईतबार जेठ २४ काठमाण्डौं ,
आफ्नो हजुरआमाहरुले गाउने गित आफुले पनि गाउँदै गायक तथा रचनाकार लालमणी भुसाल ले …
आफु सानो छदा आमा हजुर आमा हरुले गाउँदै हिड्ने वाली ( असारे भाका ) को गीत आफुले सदरमुकाम तम्घासमा कलेज पढ्दा आज भन्दा २८ बर्ष पहिले आफूले “क्रान्तिकारी रक्तिम सँगालो” नाम तीज गित संग्रहमा लेखेको गित अहिले आफ्नै शब्द तथा स्वरमा बजारमा लिउँदै गरेका छन् लालमणी भुसालले !
उक्त गितलाई याद गराउँदा उनी भावुक हुदै भने, म सानो थिएं आमा खेत रोप्न जानु भएको थियो , म र मेरो दाईले मेरो ठुली बहिनी जमुनालाई आमाको दुध खुवाउन खेतमा लएर गएका थियौं त्यतीबेला खेतमा नपुग्दै वारीबाटै सुनिने गरि यो गित गाउँदै रोपाईंमा हिलैहिलो भएकी मेरी आमा , लसुने जेठीआमा , झाल्माले जेठीआमा लगाएत धेरै खेताली र ठिँयारे (बाउसे) हरुले यही गित गाएर खेतै संगीतमय बनाएका थिए , मलाई त्यो दिन सम्झीदा अहिले पनि आँसु आउँछ …
त्यतीबेला यो गित सुनेर मेरो मनमा जुन छाप पर्यो त्यो केहि बर्ष मनमै गुन्जियो पछि तम्घास भण्डारी छापखानामा गएर “क्रान्तिकारी रक्तिम सँगालो” नामक तिजगिति संग्रहको किताब छपाएँ , त्यो किताबमा पनि यो भाका यो गित मैले समाबेस गरेर गुल्मी जिल्ला र अन्य धेरै ठाउँमा सनाई बजाउँदै यो भाका गाउँदै बजाउँदै हिडें… “दु:ख लाग्छ , मैले सनाई बजाउँदै हिड्दा मेरो बुबाले मलाई बहुतै नराम्रो नजरले पनि हेर्नु भयो तर मैले बुबाको कान छलेर सनाई बजाउँदै हिड्न छाडिन ”
आज यो गित सुनेको झण्डै ४० बर्ष पछि मैले यो गित आफ्नै स्वरमा गाएर अहिलेको डिजिटल बजारमा पठाउने पुरा तयारी भएकोले मलाई कता कता म त्यही ठुली बैनीलाई बोकेर आमाको दुध खुवाउन चौरको खेतमा गएको याद आईरहेको छ …
कहिले सुन्न पाउछन् त स्रोताहरु ?
यो गित मौलिक हो ,आजको यो युगमा सुन्ने भन्दापनि भिडियो हेर्ने स्रोता भन्दा दर्शक धेरै भएकोले ,अहिले संसारभर फैलिएको कोरोना माहामारीको कारणले भिडियोमा यस्को मौलिक पन प्रस्तुत गर्न केहि कठिनाई भएको छ तर सम्भव भएको भरी गरेर असारको पहिलो हप्ता सम्ममा सन्देश नेपाल युटुब च्यानल बाट डिजिटल बजारमा पठाउने छुँ ।
को को ले गाउनु भएको छ यो ऐतिहासिक मौलिक गित ?
वास्तममा यो ग्रुपमा गाउने गित हो ,
बिषेस गरि गुल्मीकै मौलिक गित भएकोले यसको मौलिक पनको लागि मैले मुल्मीकै गायीका बन्दना पाण्डे बैनी र मैले गाएका छौं स्वरमा गुल्मीकै कमल भुसाल चञ्चल भाईले पनि मलाई साथ दिएका छन् …
केहि भन्नु छ …?
आफु रगत उल्टी गर्ने बिरामी भएर पनि खेत रोप्न मेलामा जाने र सकी नसकी यहि गित गाउने मेरो आमा मनिकला भुसाललाई हजुरको एउटा सपना पुरा गरे जस्तो लाग्छ आमा फेरी त्यी दिनको याद गर्दै यो गित सुन्नुहोला भन्न चाहन्छु…
साथै , मेरो आमालाई यो गित गाउन साथ दिने लसुने जेठिआमा , झाल्माले आँबै र सबै मेरा पुज्यनिय आमा बुबालाई भुल्नै सक्दिन …
भन्दै लालमणी भुसाल “अविलासी” ले सन्देश नेपाल लाई जानकारी दिएका छन् ।
एक दुई शब्द भन्न मिल्छ …???
मिल्छ , यो पछिल्लो समयमा आफ्नो खेतबारी बाजो राखेर बिदेश जाने युवालाई नेपाल फर्किएर त्यही खेतबारीमा खेती गर्दै आफ्नै माटोमा दु:ख सुख रमाउदै बस्नुहुन दिईएको सन्देश हो …
दुई शब्द भन्छु ,
महिला आवाजमा :
गाउँ शुन्य पारी बंझाई खेतबारी बिरानो देशैमा
फर्किए प्यारा स्वदेशकै माटो धान रोप्न त्यसैमा …
आहाई धानरोप्न त्यसैमा , केटा /केटी : लौतो मा लौ लौ लौतो मा लौ लौ धान रोप्न त्यसैमा आहाई धान रोप्न त्यसैमा …
पुरुष आवाजमा :
गर्जीयो आकाश दर्कीयो पानी झन् बढे खोलानी
खेताला गोरु तारेर लानी कसरी होलानी …
आहाई कसरी होलानी , केटा /केटी लौतो मा लौ लौ लौतोमा लौ लौ कसरी होलानी आहाई कसरी होलानी …
यो गितको अडियो सन्देश नेपाल टि भि नामक युटुब च्यानलमा प्राईभेट गरि राखीएको छ …
उक्त गितको भिडियो आए पछि सार्बजनिक गर्ने छौ … सन्देश नेपाल