
दलितको नाममा राजनीतिगर्ने बेलाहो यो ?
✍?✍?✍?लालमणि भुसाल “अविलासी ”
केको दलितमाथि दमन? कसलेगर्यो दलितमाथि दमन? कसले गर्यो दलितमाथि शोषण? आज पाइला-पाइलामा दमन शोषण उत्पीडन आदिकोमुद्दा उठाएर समानताको नारा कानुनमा समेत दर्ज गराउने ब्यबहारमा छुवाछुतबिरुद्ध अभियानै चलाउने (हिजोको माओवादीपार्टी र) प्रचण्ड के दलित हुन् ?सबै कम्युनिस्ट दलित हुन् ? अरु सबैपार्टीहरु दलितमात्रका छन् ?
आज जनार्दन शर्मा,अनिल शर्मा,गोपाल शर्मा लगायत सबलाई मल्ल परिवार संगको नाता गोता भएको,घटनाको यथार्थता लुकाउन खोजेकोजस्ता बकम्फुसे दोष लगाएर केहि मिडिया र व्यक्तिले कुण्ठाको शार फेर्दैछन्। निष्ठाको राजनीति गर्ने र पिडित समुदायहरुकै उत्थानमा जीवन समर्पण गरेर आमुल परिवर्तनको ढोका खोल्ने नेताहरुलाई नियोजित तवरले मुच्छ्न खोजेर सत्यको उजागर र पिडितको न्याए हुन्छ???
***नाता कसको कोसंग पर्दैन? पार्टीका कार्यकर्ता कसका कुन जातमा र भूगोलमा हुँदैनन् ? स्मरण रहोस :- आकस्मिक रुपमा घट्ने घटना-दुर्घटना निम्तने संयोग,समय,जात,बद्-नियतको दुश्मन र स्थानको कसैले ठेक्का लिएको हुँदैन***। अर्को मुख्य पार्ट चौरजहारी घटनामा यदि कसैको नियोजित षडयन्त्र रहेछ भने १९ जनाको जत्था लिएर नियोजित रुपमा जाने नविन वि क र उनकैसमुहका सोदेसी बिदेसी सम्मको कुटिल छल-खेल हुन सक्दछ। यो राज्यले लिनै पर्ने गहन अनुशाधान्को पाटो हो।किन भने
**कोरोना संग जुधिरहेको अस्तव्यस्त आजको दिनमापनि कालापानी-लिपुलेखको मुद्धाले उब्जिएको नेपालि आक्रोश र उम्लिरहेको युवा रगतमा एस्ता जातिय- साम्प्रदायिक घटना नियोजित होइनन् भन्न सकिंदैन। हामि टाडा जानु पर्दै। जातीय र शाम्प्रदायिक मुद्धाकै कारणले तथाकथित प्रजातन्त्रको हिमायती मान्ने पस्चिमाजगत र अमेरिकाले पटक पटक चीन,फिलिपिन्स म्यान्मार र भारत को बद्नाम गराउन कोसिश गरिरहेको उदाहरण जग जाहेरैछ। त्यस बाट नेपाल मात्र अछुतो थियो र छ। जुन नेपाललाई के र कसरि दवाव र तनावमा राखेर आफ्नो स्वार्थ सिद्ध गर्न सकिन्छ भनि पर्दा पछाडी खेल्नेहरुको नियत सोचनीय विषय अवस्य हो।
२०२० सालमै छुवाछुत प्रथा मानवताविरुद्धको कार्य हो भनि संविधानमै जारीगरेर छुवाछूतको भेदभादगर्नु दण्डनीय अपराध हो। भन्ने राजा महेन्द्र कुन दलितका छोराथिए ? दमन,शोषण र भेदभाव भयो भन्नेहरुले आफु सुद्रनुपर्दैन? आफ्नो वर्ग,जाति,संस्कृति,मूल्य-मान्यता, उमेर,अग्रजको उपदेश, समय र परिस्थितिको ख्याल गर्नु पर्दैन?
साँचो कुरा गर्नेहो भने दलितहरु दलितबाटनै बढी दबाइएका छन्। महिलाहरु पुरुष भन्दा बढी महीलाहरुबाट नै दबाइएकाछन्। जात-जाति,वर्ग- लिङ्ग, छेत्र-भूगोल सबैको समानताको आवाज निकाल्ने र तुफानी शंघर्षको नेतृत्व गर्ने ब्राह्मण छेत्री होइनन् ? धमिलो पानीमा माछामार्ने,आफु चर्चामा जाने,सस्तो लोकप्रियता कमाएर समाजमा बिखन्डन र जातिय-बर्गीय दुश्मनीको जग बसाएर कसैको कल्याण हुन्छ ?आज रुकुममा घटेका घटना भोलि कुनैपनि ठाउँ, जात र समुदायमा घट्दैनन् भन्ने ग्यारेन्टी छैन।
आज कोरोना महामारीले संसार र आफ्नै देश समाज र विश्वनै कोमामा परेकोबेला, बाह्य दुस्मनले आफ्नै मातृभूमि लुच्छ्न लागेकोबेला कानुनले निषेध गरेको हर्कत गर्दै १९जनाको बरियात लिएर पटक पटक प्रतिकार भएको, समाज र आफन्तले बिरोध गरेको, कुटाइ-पिटाइ र पुलिसकेस सम्म भैसकेको ठाउँमा नियुखोज्नजान कुनै गैरदलितले पठाएको थियो?
१४- १७ वर्षको उमेरमा प्रेम गर्न आज कानुनले निषेध गरेको लक्डाउन तोड्दै भेरी नदितरेर एउटा अञ्चल तरेर अर्काको जिल्ला अर्काको गाउँमा तेत्रो लडाकु जत्था लिएर लड्न कुनै शर्मा-ब्रामणजात क्षत्रि वा कुनै नेता कर्मचारीले बोलाएका थिए ??? बिहे पहिल्लै तेत्रो पटक हङ्गामा भएको ठाउँमाजाँदा सहिनियत हुन्थ्यो भने पुलिस-प्रशासन, स्थानीय जनप्रतिनिधि पाका बुद्धिजीवी अग्रज लाई जानकारी गराउनु -अनुमतिलिनु पर्दैनथ्यो ??फोहराइसकेपछी दैलो देखेर आफन्त,घर समाज र देशै धुमिलाउने छुट कस्लाइछ ? कानुनको पालना र समाज समुदायको मर्यादा नगर्ने जोकोहिपनि समाजकोलागि धोकेवाज हो। आज कोरोनाको महाशंकटसंग लडेर आम नागरिक र प्रकृतिको सुरक्ष्या गर्नु र रास्ट्रियताको रक्षा गर्नु सरकार समुदाय र आम नागरिकको अहम दायित्व हो।
संकटको यस घडीमा एकापसमा दोषारोप-लाञ्छना लगाउनु,पिडितको मुद्धालाई छायाँमा पार्नु निर्दोषलाई फ़शाउन खोज्नु पुराना दुराग्रहको बदला लिनखोज्नु आदि कुकृत्यले आज पनि र भोलिपनि कुनै वर्ग जात-जाति र समुदायलाई फाइदा पुग्दैन।हुँदा हुँदा देश सम्म बिग्रह र बिशंगतिको बाटोमा जाने निस्स्चित प्राय हुन्छ। त्यसैले जो हुनुत भैसक्यो। आइन्दा यस्ता घटना कुनै समुदायमा कतै नदोहोरिउन् र यस घटनाको संयमित र सुक्ष्म अध्ययनहोस् र पीडितले न्यायपाउन् पुन: बर्गीय,जातिय,भौगालिक र साम्प्रदायिक एकता अच्छुन्ण रहोस भन्ने सबले चिताएर तेसैमुताबिक लाग्नुको विकल्प छैन।