
जेठ १६, ✍?✍?✍?लालमणि भुसाल “अविलासी”
खबरदार!!! रुकुमको सोती घटनालाई अनावश्यक नउचालाौँ …!!!
प्रष्टैछ, घटना दुई अञ्चल दुई जिल्ला दुई गाउँ बीचको हो ।र दुई जात दलित र ब्रह्माण्ड-छेत्री बिचको जस्तै पनि हो। तर दलित माथिको सम्भार.., नर सम्भार..दलितमाथी ज्यादती आदि आदिका रङ्ग र अफवाह दिएर जातिय लडाइँ, साम्प्रदायिक झडप, मिलिजुली बसेको समाजमा बिग्रह ल्याउने जस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ।समाज, गाउँ र देशको ब्याइजत गराउने काम कुनै जाति, संघ – संस्था, एन्जिओ-आइएन्जिओ देशीविदेशी तत्व ले नगरोस।।
स्मरण रहोस् हिंजो र आजका दिनमा कैंयोउँ दलित युवा युवतिहरु ब्राह्मण,छेत्री लगायत तथाकथित माथिल्लो मानिएको जातिहरु सङ्ग र माथिल्लो जात भनिनेहरुका चेलीबेटी र युवाहरु दलितहरुसङ्ग निर्वाध बाजागाजा बजाएर बिहे गरेकापनि छन् ।समाजले नदिए लुकिछिपी प्रेमबिबाह (भागिबिहे) गरेका छन्।
तरआज रुकुममा घटेको यो घटना कुनै
प्रकारले रुकुमेली अर्थात् शा्ेतिगाउँका मल्लजाती हरुको नियोजित र नियतवश घटेको किमार्थ होइन भन्ने जो- कोहिले बुझ्दछ।कुनै नियत भए पनि नभएपनि मुख्य कारक तत्व सोतिकी ती १४बर्षमा प्रेम र१७बर्षमा बिहेगरेर आफन्ती,गाउँ -समाज र कानुन सबलाई =(धोती लगाएर र उल्टाएर)देखाइदिन चाहाने मल्ल किशोरी र नवराज बि.क.हुन्। आज नवराजको कारण धेरैको ज्यान गयो।
जसको कारणले आज देशको यस्तो विषम परिस्थितिमा यत्रो घटना घट्यो।तिनै नवराज र उन्लाई बोकेर हिड्ने र जातीय रङ्गदिएर समाजमा बिग्रह ल्याउन खोज्ने केही तत्वले बुझ्न जरुरीछ कि ***पटक पटक बिरोध,प्रतिरोध, कुटपिट, पुलिसकेस, हुँदा पनि तेहि केटि सङ्ग र आज देश कोरोना र भारतीय बिस्तारवादको बिरुद्ध जुधिरहेको बेला समाज,राज्य कानुन र सबैको खिलाफ अनावश्यक हर्कत गर्दै दम्भ र दादागिरीको भरमा बललेनै जितेर गाउँलेभरिलाई निरीह तुल्याई जब्बर्जस्ती र खुलेयाम अपहरणको शैलिमा १७वर्ष को किशोरी =(ताकी कानुनमा केटीको बिबाह गर्नेउमेर 20बर्ष तोकिएकोछ)लान चाहाने नवराज बि.क.को चाहना,उद्देश्य र हर्कत, सहिछ???
सोयम् केटाकै बाबा-आमालेनैे गरेको बिरोध, चलिआएको संस्कार,देश र परिस्थितिको मुल्यांकन गर्नु पर्दैनथ्यो??? के सारा विश्व र सबैनेपाली लाई बाचौँकि मरौ ँ भएको बेलामा १९,२० जनाको लडाकु दस्ता लिएर कोरोना र लिपुलेख कालापानी जानुसट्टा मल्ल गाउँमा भिडन्त गर्न जानू उन्को सहि र उपयुुक्त कदम थियो?? उपयुक्त समय, उमेर,परिस्थिति यहि हो…???
यी यावत कुरा ख्याल नगरी छातिमा पेपर टाँसेर जथाभावी नारा जुलुस गर्नु ,कसैलाई उकास्नु आफू चर्चामा जाने खेल गर्नु समाज,निर्दोश नरनारी र जनप्रतिनिधिहरुलाई दोष आरोप लगाउनु कुनै हालतमा स्विकार्य हुनसक्दैन।तत्काल बन्दगरियोस। सहि-गलत हेर्न कानुन छैन?। आज एकोहोरो दलित्को भुत सवार गरेर धमिलो पानीमा माछामार्न खोज्नेहरु.! कतै कालापानी लिपुलेककोबिरुद्ध उठेको जनमाहोल उल्टाउनेकोसिस त होइन.?? प्रश्न उट्ठनसक्छ…