1070 views 6 secs 0 comments

प्रेमले निम्त्याएको प्रलय … ✍?✍?✍? लालमणि भुसाल “अविलासी”

In बिचार
१६ जेष्ठ २०७७, शुक्रबार १३:१२

प्रेमले निम्त्याएको प्रलय …
✍?✍?✍? लालमणि भुसाल “अविलासी”
माया-प्रेम कुनै अनौठोकुरा होइन। यो त प्रकृतिको नियम नै हो। एक अर्थमा अधिकार पनि हो। तर!! प्राकृतिक नियम,अधिकार र आवस्यकता जे भएपनि माया-प्रेमकै नाममा राज्यको कानुन, सामाजिक मूल्य-मान्यता,अग्रज-मान्यजनहरुको अपमान र आफन्ती सबैलाई पाखा लगाएर सबै भन्दा सर्वेसर्वा आफु र आफ्नो मायाप्रेम नै हो भन्ने ठान्नु किमार्थ सहि होइन। त्यो त प्रेम नै होइन।किनकि प्रेम सबैकोलागि र सदाकोलागि अमर खुसीमा परिणत हओस।कम्तिमा पनि आधारभूत मान्यता र कानुनको पालना तगरोस। हिंजो आज अनि भविस्य नबुझी माया-प्रेमलाई अङ्गीकार गर्ने ति र त्यस्ता अन्धा प्रेमी-प्रेमिकालाई छोटो समयकोलागि खुसि र क्षणिक सन्तुष्टि त मिल्ला। तर तेस्ताले समाज र देश सबैलाई नकारात्मक असर पार्दछन्।आउँदो पिंडीलाई समाज र अन्तरास्ट्रिय जगतमा ब्याइज्यत मात्र गराउँदछन्। यस्ता प्रेमको अन्धतामा डुबेर जीवन मार्ने मराउने सवै प्रेम र प्रेमको जगतका कलङ्क अवस्य हुन्। जसले साँचो प्रेम र प्रेमको अर्थ समेत ढुलमुल पार्न र उस्तै परे जरैदेखि मार्न सक्छन्। त्यसैल्रे
***अन्धो प्रेमीहरु घर-परिवार,समाज,देश र विश्वकैलागि क्षेतिको उर्भरजमिन हो ***।
(आजको दिनमा) राष्ट्रिय तथा अन्तरास्ट्रिय महासंकट र बिपत्तिले मानवजात र समग्र प्रकृति जगतनै विछिप्त भइरहेकोछ। **यस्तो बेलामा राज्य,कानुन र समाजले निषेध गरेको (सामाजिक दुरी कायम गर्ने, भिडभाड जुलुस नगर्ने,धेरै जमघटहुने कुनै कार्य र कर्म नगर्ने आदि) नियमहरुको बिरुद्धका हर्कत गर्दै गुण्डा शैलीमा दादागिरी र दम्भ देखाएर बल्ल १७ बर्षमा टेकेकी किशोरीलाई आमा-बाबा, आफन्त,समाज र प्रसाशन कसैको मंजुरिबिना दम्भ र तागतको बलमा जसरि गुट्मुट्याउने कोसिस नवराज बि क ले गरे र प्रेममा अन्धो बनेर जन्म दिने आमा-बाबा,आफन्त, नियम-कानुन र समाज, सबलाई (एकहिसाबले ) लात्तईलात्ताले मुखमा हानेर उनको प्रेमी नवराज बि क को एकल घरकी नवबधु बन्ने (र सबलाई उल्ट्याएर देखाइदिने) सोंच सुष्मा नामकी किशोरीले गरिन् त्यो किमार्थ सहि थिएन।जसका कारण आज यो अवस्था सृजना हुन पुग्यो। आजको दिनमा यो घटना चानचुने बिषय अवस्य होइन।
***यसघटनाका मुख्यकारक,पिडित र पीडक त तिनै हतारिएका अन्धोप्रेमभक्त नवराज-सुष्मा नै हुन् भन्नेमा कसैको दुईमत छैन***। कानुनले सबैखाले अवस्था र विवरण अवस्य हेर्छ। जस्तो: आफ़न्तिको बोलि,ब्यबहार, हिजोको कानुनि उपचारको लागि दिईएका याचना (निवेदन) आदीत्यादी ।
हामी सहजै बुझ्न सक्दछौंकि आधुनिकताको नाममा आज जुनखालको संस्कृति र मान्यता हुर्कंदै गइरहको छ त्यसको ठूलो र भयावह उदहारण हो यो। अर्को कुरा हाम्रा आउँदा पिंडी कता पुग्दैछन्! किन यति सानो उमेरमा केटा होस् वा केटि प्रेम मात्र नभई बिबाह गर्नमै हतारिन्छन् ! किन प्रेम भन्दा ठूलो केहि भएन ! कानुनले कास्लाई बढी छुट दियो र कसलाई बढी दवायो। यावत् कुराहरुको मुल्यांकन गरेर सचेत हुँदै अगाडि बढ्न जरुरि छ। आइन्दा यी र यस्ता घटना न दोहोरीउन् भन्नकालागि यसलाई सबै राजनीतिक दल,संघ-संस्था,विभिन्न आयोग,जात-जाति लगायत सबै निकायले राजनीतिक र अन्य कुनै पनि निहित स्वार्थ र दाउपेचको रुपमा नलिई सबैलाई मान्य हुने र न्यायोचित हिसाबले यो मुद्धा शल्ताउन जरुरि छ। अन्यथा यो बाँदरको घाउ बन्न सक्छ।