
कमरेड महासचिव,लाल सलाम ! तथा श्रद्देय काका सेवा ढोग ! खासै लेखनीय सामाग्री त केहि थिएन यधपी, यहाँको समाचार भाइरल भईरहँदा एउटा कार्यकर्ता र भतिजको हैसियतले नलेखी बस्न सकिन । कमरेड बर्गिय मुक्तिको लागी लडेका तपाईको इतिहास आज उड्न बाकी रहेको खरानी जस्तो भएको महशुस भएको छ । मलाई, बुट्वलको माटो र जनताले सम्मान गरेको भुलेर बालुवाटार नै किन्ने यहाँको अक्षम्य दुस्साहसको कालो झण्डाले सम्मान गर्दछु । काकाजी हजुरबुबाको अंशनै काफी हुँदा हुँदै उल्फाको धनले यहाँको राजनैतिक, सामाजिक सबै क्षेत्र तहसनहस भएको छ । साथै त्यो ८ आना जग्गा किन्न हुँदैन भन्ने तपाई जत्तिको मान्छेलाई पक्का थाहा हुनु पर्ने हो । २/३कै महासचिव भएको हुँदा छानविन होला नहोला त्यो अर्कै कुरो हो , तर म जस्ता, (नेताको मलद्वारलाई हरिद्वार नमान्ने) कार्यकर्ताको आन्तरिक (लाटो) छानविनले यो काण्ड सरासर तपाईंको सम्पत्ति मोहको पराकाष्ट बाहेक केहि होइन भन्ने बुझेको छु । रुपन्देहीबाट संसद भवन पहिलो पटक छिर्दा लगभग हराउने मान्छे आज कसरी बालुवाटार नै किन्न सक्छ ? उत्तर छ, कसैसँग ? मेरो यो पत्रले कतिलाई तनाव त होला । १/२ ठाउँ कारबाहीको कुरा नि गर्लान् यद्यपी, पार्टी हामीजस्ता तलका मान्छेको पनि योगदानले बनेको हुँदा, पार्टीलाई माटोमा मिलाउन बाट जोगाउन र हाम्रो कुललाई कलंकित हुनबाट बचाउन महासचिव पदबाट राजीनामा गरी यो काण्डको सहज अवतरण गराइदिनुहुन सादर अनुरोध छ । क्रान्तिकारी अभिवादन सहित । उहि भतिज भिष्मराज पौडेल मिती२०७५/१२/२९ संगठित सदस्य नेकपा झापा–
•